मलेसियामा शुरु भयो अवैध विदेशी कामदारलाई माफी दिने कार्यक्रम

डिसी नेपाल
१६ साउन २०७६ १९:५२
4
Shares

क्लालम्पुर । मलेसिया सरकारले अबैधानिक बिदेशी श्रमिकहरुलाई आममाफी दिई स्वदेश फर्काउने कार्यक्रम ‘गुड फर ब्याक’को प्रक्रिया बिहीबार शुरु भएको छ ।

यस कार्यक्रमलाई प्रभावकारी र सहज बनाउन बिहीबारबाट मलेसियास्थित नेपाली राजदूतावासले अबैधानिक नेपालीहरुको लागि निःशुल्क फारम भर्ने कार्यका लागि छुट्टटै डेक्सको ब्यबस्था गरेको छ।

स्वदेश फर्कने प्रक्रियाको लागि बिहीबार दुतावासमा ४५ जना नेपालीले सम्पर्क गरेका थिए । ३५ जनाले ट्राभल डकुमेन्ट बनाएको र ९ जनाले पासपोर्ट भएकोले प्रक्रियाको लागि दुतावासमा बुझाएका छन् ।

जसमध्ये एक जनाको भने भिषा समय अबधि बाँकी रहेकोले यो कार्यक्रम अन्तर्गत स्वदेश फिर्ता हुन नपाउने भएका छन् । उक्त ब्यक्तिको लागि श्रम शाखाले कम्पनीसंग सम्पर्क गरि आवश्यक पहल कदमि गर्ने दुतावास श्रोतले जनाएको छ ।

यस आममाफी कार्यक्रम अबैधानिकहरुको लागि मात्र भएकोले अबैधानिक श्रमिकहरु सबैलाई स्वदेश फर्कन र बैधानिक श्रमिकहरु अरूको बहकाउमा लागेर कम्पनि नछाड्न दुतावासले आग्रह गरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *