एसेज टेष्टः स्मिथको संघर्षपूर्ण ब्याटिंग

डिसी नेपाल
१६ साउन २०७६ २१:१०

लण्डन (एजेन्सी)। बिहीबार शुरु भएको इंग्ल्याण्ड र अष्ट्रेलियाबीचको एसेज टेष्ट सिरिजको पहिलो खेलमा टस जितेर पहिला ब्याटिंग गरेको अष्ट्रेलियाले खराब ब्याटिंग गरेको छ ।

एक वर्षपछि टेष्ट खेलिरहेका डेविड वार्नर टिम स्कोर २ हुँदा निजी स्कोर २ मै आउट भए। टिमको स्कोरमा थप १५ रन जोडिँदा अर्का ओपनर क्यामरुन ब्रेनक्राफ्ट पनि आउट भए। तेस्रो विकेटका रुपमा उस्मान ख्वाजा आउट हुँदा टिमको स्कोर मात्र ३५ रन थियो।

९९ को स्कोरमा अष्ट्रेलियाले पाँचौ विकेटका लागि ट्रेभिस हेडलाई गुमायो। त्यसपछि ब्याटिंग गर्न आएका म्याथ्यु वेड टिमको स्कोर १०५ रन हुँदा आउट भए। कप्तान टिम पेन पनि लामो समय टिक्न सकेनन्। ११२ को स्कोरमा अष्ट्रेलियाले उनलाई पनि गुमायो।

११२ कै स्कोरमा जेम्स प्याटिसन आउट हुँदा १२२ मा पाट कमिन्स पनि आउट भए।

दोस्रो सेसन सकिँदासम्म अष्ट्रेलियाले ८ विकेटमा १५६ रन जोडेको छ। उसका स्टिेभन स्मिथ र पिटर सिडल मैदानमा छन्। स्मिथले ६६ रन बनाइसकेका छन्।

इंग्लयाण्डका लागि स्टुअर्ट ब्रोडले ४ र क्रिस वक्सले ३ विकेट लिएका छन् भने एक विकेट बेन स्टोक्सले लिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *