कीर्तिमानी मूल्यमा आर्सनल जाने भए पेपे

डिसी नेपाल
१७ साउन २०७६ ६:३३

एजेन्सी । लण्डन क्लब आर्सनलले आईभरी कोस्टका विङ्गर निकोलस पेपेलाई क्लबको कीर्तिमानी मुल्यमा अनुबन्धन गर्ने भएको छ ।

प्रिमियर लिग क्लब आर्सनलले लिलीका विङ्गर पेपेलाई कीर्तिमानी ७२ मिलियन पाउण्ड खर्च गर्न तयार भएको हो । २४ बर्षका खेलाडीले ५ बर्षको सम्झौता गर्नेछन् । उनको मेडिकलको प्रक्रिया आगामी मंगलबार हुनेछ ।

पेपेले लिग वानमा लिलीमा ७४ खेल खेल्दै ३५ गोल गरेका छन् । उनी सन् २०१७ मा एन्जर्सबाट लिलीमा जोडिएका थिए ।

गत सिजन पेरिस सेन्ट जर्मेन पीएसजीका केलियन एम्बाप्पे पछाडी गोल गर्ने र गोलको अवसर सिर्जना गर्नेमा पेपे थिए । उनले आर्सनलमा १९ नम्बरको जर्सी लगाउनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *