भारतीय टिमको ‘कोच’ बन्नका लागि २ हजार भन्दा बढीको आवेदन

डिसी नेपाल
१७ साउन २०७६ ७:२६

एजेन्सी । भारतीय क्रिकेट टिमको प्रशिक्षकको लागि करिब दुई हजार भन्दा बढीले आवेदन दिएका छन्। बीसीसीआईले राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकका लागि आवेदन खुल्ला गरे लगत्तै २ हजार भन्दा बढीले मुख्य प्रशिक्षक पदका लागि आवेदन दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारतीय प्रशिक्षक बन्न विश्वभरका प्रशिक्षक तथा पुर्व खेलाडीको घँइचो लागेको बताईएको छ । आवेदन दिनेमा अस्ट्रेलियाका पुर्व खेलाडी टम मोड्डी तथा न्युजिल्याण्ड र किंग्स इलेभेन पन्जाबका प्रशिक्षक माइक हसनदेखि भारतीय अनुभबी प्रशिक्षक रोबिन सिंह, लाल चन्द राजपुत समेत रहेका छन् ।

यस्तै दक्षिण अफ्रिकाका पुर्व खेलाडी जोन्टि रोड्सले फिल्डिङ प्रशिक्षकका लागि आवेदन दिएका छन्। फाराम नभरे पनि श्रीलंकाका लेजेण्ड तथा मुम्बई इण्डियन्सका मुख्य प्रशिक्षक महेला जयवार्दनेले समेत भारतीय टिमको प्रशिक्षक बन्ने इच्छा व्यक्त गरेको बताइएको छ। खबरअनुसार अन्तराष्ट्रिय स्तरबाट एजेण्ट मार्फत थुप्रै आवेदन आएका कारण भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले यसको निर्णयमा केहि समय लगाउने छ ।

आवेदन भरेका हरेक व्यक्तिलाई बीसीसीआईको एक कमिटिले अन्तरवार्ता लिने छ । कमिटीमा पुर्व कप्तान कपिल देव, पुर्व ब्याट्सम्यान अशुंमन गेक्वड तथा पुर्व महिला कप्तान शान्ता रंगश्वामी रहेका छन् । आवेदन दिएका ब्यक्तीको अन्तरवार्ता अगष्ट १३ पछी सुरु हुने बताईएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *