कोच शास्त्रीलाई रोहित शर्माको जवाफ ‘म देशको लागि क्रिकेट खेल्ने गर्छु’

डिसी नेपाल
१७ साउन २०७६ ८:०७

एजेन्सी । वेस्ट इण्डिज भ्रमणमा जान भन्दा पहिला भारतीय टिमका कप्तान विराट कोहलीले रोहित शर्मासँग भएको मनमुटावको खबर हल्ला मात्र भएको बताएका थिए। टिमका कोच रवि शास्त्रीले पनि कुनै पनि खेलाडी टिमभन्दा ठूलो नभएको बताएका थिए।

रवि शास्त्रीले भनका थिए,‘टिम जुन तरिकाबाट खेल्ने गर्छ, त्यसमा कुनै पनि खेलाडी टिमभन्दा ठूलो हँदैन। जुन तरिकाले खेलाडीले खेल्ने गर्छन उनीहरु टिमको हितमा खेल्छन्। यदी विवाद थियो भने प्रदर्शनमा निरन्तरता हुने थिएन्।’

यस्तै कप्तान कोहलीले पनि टिममा कुनै मनमुटाव नभएको र बाहिर आएका सबै खबरहरु हल्ला मात्र भएको बताएका थिए। उनले यदी त्यस्तो केही भएको भए आफ्नो अनुहारमा प्रस्ट देखिने बताएका थिए।

यसैबिच टिमका उपकप्तान रोहित शर्माले रवि शास्त्रीको भनाइको जवाफ दिएका छन्। उनले इंस्टाग्राममा एक फोटो शेयर गरेर लेखेका छन्, ‘म टिमको लागि मात्र होइन देशको लागि क्रिकेट खेल्ने गर्छु’।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *