नेइमार बार्सिलोना जाने सम्भावना बढ्यो !

डिसी नेपाल
१७ साउन २०७६ ८:२४

काठमाडौ । पिएसजीका ब्राजिलियन स्टार नेइमारको बार्सिलोना जाने सम्भावना बढेर गएको छ । पिएसजीले नेइमारको विषय सिजन सुरुहुनु भन्दा अघि नै टुंग्याउन फल गरेपछि नेइमार बार्सिलोना फर्किने सम्भावना बढेको हो ।

पिएसजीले शुरुमा कडा शर्त राखे पनि नेइमारले प्रि–सिजनका खेल खेल्न अस्विकार गरेपछि पिएसजी नरम बनेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ ।

पिएसजीले नेइमारका लागि बार्सिलोनालाई १० अगस्टसम्ममा टुंगाउन आग्रह गरेको छ । रिपोर्ट अनुसार पिएसजी नेइमारलाई लोनमा दिन समेत तयार भएको उल्लेख गरिएको छ ।

फ्रेन्च खेलाडी एन्टोनी ग्रीजम्यानलाई साइन गरेर फानान्सियल दबाबमा परेको बार्सिलोनालाई पिएसजीले लोनको विकल्प दिएपछि नेइमार भित्राउने बार्सिलोनाको पहल सफल हुने विस्वास गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार पहिलो बर्ष बार्सिलोनाले लोनमा नेइमारलाई लैजाने र अर्को बर्ष किन्न पनि मिल्ने शर्तमा कुरा अगाडी बढेको बताइएको छ ।

साथै बार्सिलोनाले अर्का खेलाडी मालकमलाई बेच्न लागेकाले पनि नेइमारको पारिश्रमिक दिन समस्या नहुने भएकाले पिएसजीसँग लोनमा कुरा मिल्न सक्ने उल्लेख गरिएको छ ।

आगामी १२ अगस्तबाट फ्रेन्च लिग वान सुरु हुने हुनाले पिएसजीले १० अगस्ट सम्म नै नेइमारको विषय टुंगाउन बार्सिलोनालाई आग्रह गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *