पीएसजी छाडेका अल्भेस ब्राजिलियन क्लबमा फर्कने!

डिसी नेपाल
१७ साउन २०७६ ९:१७

एजेन्सी । डिफेन्डर ड्यानी अल्भेस ब्राजिली क्लब साओ पाउलो फर्कने तयारी गरेका छन् । ब्राजिली राष्ट्रिय टिमका कप्तान समेत रहेका अल्भेस ब्राजिली क्लबसंग अनुबन्धनको नजिक रहेको बताइएको छ।

सिजनको अन्तिममा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेका आल्भेस क्लब विहिन छन् । रिपोर्ट अनुसार अल्भेस साओ पावलोसंग करिब तीन बर्षको सम्झौता गर्न गईरहेका छन् । कुनैपनि युरोपियन क्लबले लामो समयको सम्झौता गर्न ईच्छा नदेखाएपछि अल्भेस ब्राजिल फर्कन चाहेका हुन् ।

अल्भेसले ब्राजिली क्लब बाहियाबाट व्यवसायीक फुटबल करियर सुरु गरेका थिए । उनको क्लब ब्राजिलमा साओ पाउलो भन्दा धेरै सफल क्लब हो । सन् २००२ मा उनी १९ बर्षको उमेरमा स्पेनिस क्लब सेभिल्ला पुगेका थिए ।

करिब ६ बर्ष सेभिल्लामा बिताएपछि उनी सन् २००८ मा बार्सिलोना गएका थिए । उनले बार्सामा ८ बर्ष बिताएर २ सय ४७ खेल खेलेका थिए । उनले बार्सिलोनामा रहदाँ २२ उपाधि जितेका थिए ।

उनले स्पेन छाडेपछि एक सिजन युभेन्ट्समा समेत बिताएका थिए । पीएसजी छाडे लगत्तै टुरिन क्लबले समेत अल्भेसलाई अनुबन्धनको ईच्छा देखाएको थियो । ब्राजिललाई कोपा अमेरिका जिताएका अल्भेसलाई ईटालियन क्लब ईन्टर मिलान समेत अनुबन्धन गर्न ईच्छुक थियो ।

तर अधिकांश क्लब उनलाई एक बर्ष भन्दा लामो समयका लागि अनुबन्धन गर्न चाहेनन् । प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेडका प्रशिक्षक पेप ग्वार्डिओलाले समेत आल्भेससंग पुन काम गर्ने रहर देखाएका थिए । अल्भेसले पीएसजीलाई पछिल्ला दुई सिजन लगातार लिग वान उपाधि जिताउन महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *