क्रिकेट इतिहासमै पहिलोपटक एक ओभरमा ६ छक्का खाने बलरको निधन

डिसी नेपाल
१७ साउन २०७६ ११:३४

काठमाडौं। आफ्नो एक ओभरमा ६ छक्का खाने बलर म्याल्कम नेशको निधन भएको छ । नेश प्रथम श्रेणी क्रिकेटमा इतिहासमै पहिलो पटक ६ छक्का खाने बलर हुन् । उनी ७४ वर्षका थिए । वेष्ट इण्डिजका महान खेलाडी सर गेरी सोबर्सले १९६८ मा काउन्टी च्याम्पियनशिपका क्रममा ग्लेमर्गनको लागि खेल्ने नेशको एक ओभरमा ६ छक्का हानेका थिए ।

यो प्रथम श्रेणी क्रिकेट इतिहासमा एक ओभरमा ६ छक्का प्रहार भएको पहिलो पटक थियो । १९८५ मा रवि शास्त्रीले बडौदाका तिलकराजको ओभरमा ६ छक्का हान्दै यो रेकर्ड बराबर गरेका थिए । नेश मंगलबार लर्डको मैदानमा एक कार्यक्रमको दौरान लडे । त्यसपछि उनलाई अस्पताल लगियो जहाँ उनको मृत्यु भयो । नेशले १९६६ देखि १९८३ सम्म १७ वर्षमा आफ्नो प्रथम श्रेणी करिअरमा ९९३ विकेट लिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *