विराट र रोहितबीच झगडा भएकै हो ? विराटले लगातार दिइरहेछन् झगडाको संकेत

डिसी नेपाल
१७ साउन २०७६ १२:३८

काठमाडौं। भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र उपकप्तान रोहित शर्माबीच झगडाको खबरबीच अहिले भारतीय टोली वेष्ट इण्डिजविरुद्धको सिरिजका लागि अमेरिकामा छ । सिरिजमा सुरुवाती २ खेल अमेरिकामा खेलिनेछन् । शनिबार फ्लोरिडामा खेलिने पहिलो टि–२० अगाडि विराटले आफ्नो टिमका केही साथीहरुसँग एक फोटो पोस्ट गरेका छन् जसमा लेखिएको छ ‘स्क्वाड’ ।

तस्वीरमा रविन्द्र जडेजा, नवदीप सैनी, खलील अहमद, श्रेयस अय्यर, क्रुणाल पंड्या, भुवनेश्वर कुमार र लोकेश राहुलले पोज दिएका छन् । फोटोमा उपकप्तान रोहित शर्मा छैनन् । फोटोमा रोहित नदेखिएसँगै विराट र रोहितबीच झगडाको हल्ला सत्य भएको संकेत देखिएको छ । विराटले यसअघि पनि वेष्ट इण्डिज जानुअघि एक फोटो पोस्ट गरेका थिए । त्यो फोटोमा पनि रोहित थिएनन् । फोटोमा लगातार रोहित नदेखिएपछि फ्यानले टिममा विवाद नभए रोहित कहाँ छन् भनेर सोधेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *