स्टिभ स्मिथले तोडे विराट कोहलीको रेकर्ड

डिसी नेपाल
१७ साउन २०७६ १५:५७

काठमाडौं। अट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथले १६ महिनापछि टेस्ट क्रिकेटमा पुनरागमन गरे । बिहीबार इङल्याण्डसँग एशेज सिरिजको पहिलो टेस्टको पहिलो दिन स्मिथले १४४ रनको इनिङ खेले । यो टेस्टमा उनको २४ औं शतक हो । स्मिथले ११८ इनिङमा २४ औं शतक प्रहार गर्दै सबैभन्दा कम इनिङमा यो आंकडा पूरा गर्ने दोस्रो ब्याट्सम्यान बनेका छन् ।

अस्ट्रेलियाकै र डन ब्रेडम्यानले ६६ इनिङमा २४ शतक पूरा गर्दै शीर्ष स्थानमा छन् । स्मिथले २४ शतक पूरा गर्दा भारतका कप्तान विराट कोहली, सचिन तेन्दुलकर र सुनिल गावास्करलाई उछिने । कोहलीले २४ शतकका लागि १२३ इनिङ खेलेका थिए । सचिनले १२५ र गावासकरले १२८ इनिङ खेलेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *