सचिन तेल्दुलकरको कार विना ड्राइभर स्टार्ट र पार्किंग भएपछि…. (भिडियो)

डिसी नेपाल
१७ साउन २०७६ १७:२५

नयाँ दिल्ली (एजेन्सी) । भारतीय क्रिकेटर सचिन तेन्दुलकरले शुक्रबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा एक भिडियो शेयर गरे। उनी कालो रंगको कारको अगाडिको सिटमा बसेका थिए। ड्राइभर सिट खाली थियो। कारमा ड्राइभर नभए पनि कारको स्ट्रेरिंग आफै घुमिरहेको थियो। सचिले रोक भने पनि कार आफै रोकियो।

खासमा सचिनले शुक्रबार बीएमडब्ल्यू सिरिजको अटोमेटिक कारलाई आफ्नो ग्यारेजमा पार्क गराइरहेको भिडियो ट्वीटरमा शेयर गरेका हुन्। उनले आफै कार चलिरहेको भन्दै भन्छन्, ‘यो कार मिस्टर इण्डियाले नियन्त्रण गरेको छैन ।’ स्मरण रहोस मिस्टर इन्डिया अनिल कपूरको सुपरहिट फिल्म हो जसमा उनी नदेखिने भूमिका थिए।

सो फिल्ममा कार आफै चलेको दृश्य देखाइएको थियो। तर, शुक्रबार सचिनले शेयर गरेको भिडियो फिल्मी होइन । वास्ताविक हो। बीएमडब्ल्यूले अटोमेटिक कार उत्पादन गरेको छ । सचिनले सोही कार किनेर चलाएका हुन् । सचिन कारका शौखिन हुन्। उनले धेरै कार संकलन गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *