सदस्य–सचिव सिलवालद्वारा खेलकुद प्रतिष्ठानको निरीक्षण

डिसी नेपाल
१७ साउन २०७६ २२:३६

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले हेटौंडाको गौरीटारस्थित केन्द्रीय खेलकुद प्रतिष्ठानको शुक्रबार निरीक्षण गरेका छन् ।

प्रदेश ३ का मुख्य मन्त्री डोरमणि पौडेलको उपस्थितिमा सदस्य–सचिव सिलवालले प्रतिष्ठानको निरीक्षण गर्ने क्रममा त्यहाँ रहेका पूर्वाधारका बारेमा जानकारी लिनुका साथै बन्न लागेका पूर्वाधारका विषयमा मकवानपुर जिल्लाका खेलकुद विकास समितिका कार्यालय प्रमुख खुशराज दाहालसंग जानकारी लिएका थिए । त्यसअघि सदस्य–सचिव सिलवालले मुख्यमन्त्री पौडेलसंग छुट्टै भेट गरी खेलकुदको विविधि पक्षमा कुराकानी गरेका थिए ।

शुक्रबारै सदस्य–सचिव सिलवालले हेटौंडा उप महानगरपालिका मेयर हरिबहादुर महतसंग पनि भेट गरी खेलकुदका विषयमा छलफल गरेका थिए ।

सदस्य–सचिव सिलवालले हेटौंडामा १३ औं दक्षिण एसियाली खेलकुद ९साग० को तयारी प्रशिक्षणमा रहेका कुस्ती खेलाडीलाई भेट गरी तयारीका बारेमा जानकारी लिएका थिए भने मकवानपुर जिल्ला खेलकुद विकास समितिका कर्मचारीसंग पनि भेट गरेका थिए ।

शुक्रबारै मदन भण्डारी स्पोर्ट्स एकेडेमी मकवानपुर जिल्ला कमिटीका पदाधिकारीहरुले सदस्य–सचिव सिलवाललाई भेटी कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *