कांग्रेसमा संस्थापन इतर पक्षलाई राहत

डिसी नेपाल
१९ साउन २०७६ ७:४७

काठमाडौं। लामो समयपछिको विवादपछि नेपाली कांग्रेसले अन्तरिम संरचना गठन प्रक्रियाका बारेमा टुंगो लगाएको। शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले अन्तरिम संरचना गठनका लागि निर्देशिका निर्माण गरेर आगामी मंसिर महिनाभित्रै संरचना विस्तार गरिसक्ने निर्णय गरेको हो।

बैठकले आगामी मंसिर महिनाभित्रै संक्रमणकालीन व्यवस्थाअनुरूप अन्तरिम संरचनाहरू गठन गरिसक्नेगरी निर्देशिका निर्माण गर्ने निर्णय गरेको छ। अन्तरिम संरचनाहरू गठन भइसकेपछि बस्ने पहिलो केन्द्रीय कार्यसमिति बैठकले १४औं महाधिवेशनका बारेमा निर्णय गर्ने सहमति भएको छ।

‘१३औं महाधिवेशनको क्रममा बनेको पार्टी संगठनको स्थानीय संरचनालाई रूपान्तरण गरी संघीय व्यवस्थाबमोजिम विधानको धारा ७२ मा उल्लेखित पार्टीको अन्तरिम संरचना गठन गरिनेछ,’ बैठकपछि जारी कांग्रेसको विज्ञप्तिमा भनिएको छ, ‘यसका लागि आवश्यक निर्दे्शिका केन्द्रीय कार्यसमितिको बैठकमा पेस गरी पारित गरिनेछ।’

पार्टीका अन्तरिम संरचना बनाएरमात्र महाधिवशेन कार्यतालिका बनाउन इतर पक्ष सहमत भएपछि संस्थापन पक्षलाई राहत मिलेको छ।

अन्तरिम संरचना गठनका लागि निर्माण गरिने निर्देशिका बुधबार गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पेस गरिने बताइएको छ। ‘अन्तरिम संरचना गठनका लािग निर्देशिका तयार हुन्छ । त्यसलाई साउन २२ गते बस्ने बैठकमा पेस गरेपछि छलफल गरेर पारित हुन्छ,’ एक केन्द्रीय सदस्यले भने।

उनका अनुसार कांग्रेसले मंसिर मसान्तभित्रै क्रियाशील सदस्यहरूको अभिलेख अद्यावधिक गर्ने पनि निर्णय भएको छ। १३औं महाधिवेशनअघि केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा गठन भएको क्रियाशील सदस्यता छानविन समितिले निर्णय गरेबमोजिमको क्रियाशील सदस्य अभिलेख अद्यावधिक गर्ने काम मंसिर मसान्तभित्र पूरा गर्ने निर्णय भएको छ।

त्यसपछि बस्ने केन्द्रीय कार्यसमितिको बैठकले १४औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने छ। संथापन इतर पक्षले महाधिवेशनको कार्यतालिका बनाएर मात्र पार्टी संरचनाहरू बनाउनुपर्ने अडान राखेपछि कांग्रेस बैठक लम्बिँदै गएको थियो।

सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकाल वर्ष दिन थप्न खोजेको भन्दै इतर पक्षले महाधिवशेन कार्यलालिकामा जोड दिएको छ। पार्टीका अन्तरिम संरचना बनाएरमात्र महाधिवशेन कार्यतालिका बनाउन इतर पक्ष सहमत भएपछि संस्थापन पक्षलाई राहत मिलेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *