मानव बेचविखन तथा ओसारपसारका घटनामा कमी

डिसी नेपाल
१९ साउन २०७६ ११:४७

काठमाडौँ । मानव बेचविखन तथा ओसारपसारका घटनामा कमी आएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७५/७६ मा मानव बेचविखन तथा ओसारपसारका मुद्दामा कमी आएको हो ।

आव २०७४/७५ मा मानव बेचविखन तथा ओसारपसारमा ३०८ मुद्दा दर्ता भए पनि २०७५/७६ मा भने २२८ मुद्दा दर्ता भएका छन् । आव २०७३/७४ मा २२७ मुद्दा दर्ता भएका थिए। केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल प्रहरीको सक्रियतासँगै मानव बेचविखन तथा ओसारपसारका घटनामा कमी आएको बताउँछन् ।

“नेपाल प्रहरीको बढ्दो सक्रियता र जनचेतनामूलक कार्यक्रम सञ्चालनसँगै मानव बेचविखन तथा ओसारपसारका मुद्दामा कमी आएको हो”, उनी भन्छन् । नेपाल प्रहरीले मानव बेचविखन तथा ओसारपसारलाई नियन्त्रण गर्न मानव बेचविखन नियन्त्रण ब्यूरोको स्थापना गरेको छ।

महिला तथा बालबालिका बेचविखन बढेसँगै सरकारले आव २०७५/७६ को बजेटमा मानव बेचविखन नियन्त्रण ब्यूरो स्थापनाका लागि रकम विनियोजन गरेपछि ब्यूरो स्थापना भएर काम गर्दै आएको उनको भनाइ छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *