चार समितिका प्रतिवेदन पेश

डिसी नेपाल
२० साउन २०७६ १७:०३

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा चार समितिका अलगअलग प्रतिवेदन पेश गरिएको छ । सोमबारको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितका सभापति विमलप्रसाद श्रीवास्तवले ‘सेफगार्ड, एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ विधेयक’ र ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पहिलो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७६ पेश गरेका थिए।

यसैगरी कानून न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले ‘प्रशासकीय अदालत विधेयक’, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘वातावरण संरक्षण विधेयक’ र राज्यव्यवस्था तथा सुशासन समितिको सभापति शशि श्रेष्ठले ‘प्रहरी समायोजन विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७६’ पेश गरिन्।

बैठकमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए। ती पत्रमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा योगेशकुमार भट्टराईलाई नियुक्त गरिएको र प्रधानमन्त्री केपी शर्मा ओली उपचारार्थ सिङ्गापुर गएपछि कार्यवाहकको जिम्मेवारी उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई तोकिएका सम्बन्धी थिए । प्रतिनिधिसभाको अर्को बैठक मंगलबार दिउँसो १ बजे बस्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *