सुषमा स्वराजको त्यो अन्तिम ट्विट…

डिसी नेपाल
२२ साउन २०७६ ७:१५

बीबीसी। भारतीय पूर्व विदेश मन्त्री शुषमा स्वारजको दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै सुषमा स्वराजको निधनप्रति दुख व्यक्त गरेका छन्। मोदीले लेखेका छन्–खराब स्वास्थ्यका बावजुद उहाँ आफ्नो कर्तव्य निर्वाह गर्न कहिल्यै चुक्नु भएन।’

कांग्रेसको आधिकारिक ट्विट ह्याण्डिलबाट ट्विट गर्दै भनिएको छ–सुषमा स्वराजको निधनप्रति हामीले निकै दुख लागेको छ। हाम्रो संवेदना परिवारको साथमा।’

निधनको खबर सार्वजनिक हुनु भन्दा तीन घण्टा पहिला सुषमा स्वराजले ट्विट गर्दै प्रधानमन्त्री मोदीलाई अनुच्छेद ३७० को सन्र्दभमा बधाइ दिँदै ट्विट गरेकी थिइन्।

सुषमा स्वराजले अन्तिम ट्विटमा लेखेकी थिइन्–प्रधानमन्त्रीजी तपाइँलाई हार्किक अभिनन्दन। म आफ्नो जीवनमा यो दिन देख्न प्रतिक्षारत थिएँ।’
सुषमा स्वराजले अर्को ट्विट गर्दै गृहमन्त्री अमित शाहलाई पनि बधाइ दिएकी छन्। र श्यामा प्रसाद मुखर्जीलाई पनि स्मरण गरेकी थिइन्।

उनले लेखेकी थिइन्–राज्यसभाका सबै सांसदलाई अभिनन्दन, जसले आज धारा ३७० लाई खारेज गर्ने संकल्प पारित गरेर श्यामा प्रसाद मुखर्जीको बलिदानलाई सच्चा श्रद्धान्जलि दिनु भयो र भारतको सपनालाई साकार पार्नुभयो।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *