नेपाली विमानलाई अमेरिका र यूरोपका आकाशमा उडाउने कोशिश गर्छु : मन्त्री भट्टराई

डिसी नेपाल
२४ साउन २०७६ १९:२५

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले नेपाल एयरलाईन्सलाई उन्नत स्तरमा पुर्याउने प्रतिवद्धता दोहोर्याएका छन्। मन्त्री भट्टराईले नेपाली विमानलाई युरोप, अमेरिकाको आकाशमा निर्वाध ढंगले उडान भर्नेगरी सम्वद्ध पक्षसँग तत्काल छलफल गर्ने पनि बताए।

उनले अन्तराष्ट्रिय आकाशमा नेपालको विमानलाई उडान भर्न केही समस्या देखिएको उल्लेख गर्दै ती समस्या समाधानका लागि सरकारले सम्बन्धित देशसँग संवाद गर्ने पनि स्पष्ट पारे । मन्त्री भट्टराईले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन सम्वद्ध सबै पक्षलाई केन्द्रित हुन पनि आह्वान गरे।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन सबै राजनीतिक दलका नेताहरुको प्रतिवद्धता लिने अभियानलाई पनि सरकारले अघि बढाउने योजना अघि सारे। मन्त्री भट्टराईले सरकारले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन सम्पूर्ण शक्ति परिचालन गर्ने पनि बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *