सोनिया गान्धी बनिन् काँग्रेस अध्यक्ष
नयाँ दिल्ली (एजेन्सी) । हालै सम्पन्न आम निर्वाचनमा नराम्रो पराजय भोगेपछि भारतको सबैभन्दा पूरानो दल काँग्रेस आईका अध्यक्ष राहुल गान्धीले अध्यक्षबाट राजीनामा दिएपछि शुरु भएको नयाँ अध्यक्षको खोजी शनिबार समाप्त भएको छ।
शनिबार काँग्रेस केन्द्रीय कार्यासमितिको बैठकले राहुलकी आमा पूर्व अध्यक्ष सोनिया गान्धीलाई अन्तरिम अध्यक्षमा चयन गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। राहुलको राजीनामापछि नेहरु–गान्धी परिवार बाहिरबाट अध्यक्ष बनाइने चर्चा चले पनि सोनियालाई पार्टीको नेतृत्प सुम्पिएको हो। सोनिया यसअघि पनि पार्टी खराब स्थितिमा भएपछि १९९८ मा काँग्रेसको अध्यक्ष बनेकी थिइन्।
सबैभन्दा लामो समय अध्यक्ष रहेकी सोनियाले गत वर्ष पद त्याग गरेकी थिइन्। त्यसपछि उनका छोरा राहुल अध्यक्ष बनेका थिए। तर, लोकसभा निर्वाचनमा पार्टीले खराब प्रदर्शन गरेपछि राहुलले नैतिक जिम्मेवारी लिँदै गएको मे २५ मा अध्यक्षबाट राजीनामा दिने घोषणा गरेका थिए।
यद्यपी राहुललाई आफ्नो राजीनामा फिर्ता लिए सोही दिनदेखि गरिएको प्रयास शनिबारसम्म जारी रह्यो। शनिबार पनि राहुललाई अध्यक्षबाट राजीनामा नदिन काँग्रेस नेताहरुले आग्रह गरेका थिए। तर, राहुल राजीनामाको आफ्नो धारणामा अडिग रहे।
भारतमा सबैभन्दा लामो समय शासन गरेको काँग्रेस इतिहासकै कमजोर अवस्थामा रहेको बेला सोनियाँ गान्धी फेरि काँग्रेसको अध्यक्ष बनेकी छन् ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment