स्वतन्त्र र निष्पक्ष न्याय एक्लो प्रयासले हुँदैन : प्रधानन्यायाधीश जबरा

डिसी नेपाल
२६ साउन २०७६ १३:५३

काठमाडाैं। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले स्वतन्त्र, निष्पक्ष न्यायपालिका निर्माणका लागि अदालतको एक्लो प्रयासले मात्र नहुने हुँदा सबैलाई सहयोग गर्न आग्रह गरेका छन्। सर्वोच्च अदालत बार एशोसिएसनले आयोजना गरेको तीनदिने गोष्ठीको उद्घाटन समारोहमा उनले स्वतन्त्र र निष्पक्ष न्यायपालिका निर्माणका लागि सरोकारवाला पक्षसँगको सहकार्य जरुरी भएको बताए।

प्रधानन्यायाधीश राणाले गत भदौदेखि मुलुकी ९देवानी० र मुलुकी (फौज्दारी) कार्यान्वयनमा आएर एक वर्षको अनुभव लिइसेकेको उल्लेख गर्दै आगामी दिनमा अभ्यासमा अझ बढी निखार हुँदै जाने विश्वास व्यक्त गरे। उनले निजी अन्तर्राष्ट्रिय कानून, करार कानून र दुस्कृति विषयमा तीनदिने गोष्ठीले अभ्यासका लागि धेरै ज्ञान मिल्ने उल्लेख गरे।

नेपाल बार एशोसिएनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले कानूनका विभिन्न विषयमा बेलाबेलामा हुने यस खालका गोष्ठीले कानूनको अध्ययन र अभ्यासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। सर्वोच्च अदालत बारका अध्यक्ष वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारीले निजी अन्तर्राष्ट्रिय कानून, करार र दुस्कृतिसम्बन्धी अन्तर्राष्ट्रिय र राष्ट्रिय अभ्यासका विषयमा छलफल गरिने जानकारी दिए।

गोष्ठीमा सर्वोच्च अदालतका न्यायाधीश, सातै प्रदेशमा मुख्य न्यायाधिवक्ता, कानून व्यवसायीको सहभागिता रहेको छ। नेपालमा गत वर्षदेखि मुलुकी (देवानी) र मुलुकी ९फौज्दारी०को कार्यान्वयनका अवस्था र अन्तर्राष्ट्रिय अभ्यासका विषयमा छलफल हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *