उपनिर्वाचन बहिष्कार गर्ने क्रान्तिकारी माओवादीको निर्णय

डिसी नेपाल
२६ साउन २०७६ १५:३८

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले आसन्न स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाका उपनिर्वाचनहरुको ‘सक्रिय बहिष्कार’ गर्ने निर्णय गरेको छ।

साउन २१ देखि २३ सम्म राजधानीमा बसेको सो पार्टीको पोलिटब्युरोको बैठकले आसन्न स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभको उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको महासचिव मोहन वैद्यले जनाएका छन्।

आइतबार वैद्यले एक विज्ञप्ति जारी गर्दै सत्ता तथा व्यवस्था बदनाम हुँदै गएको वर्तमान अवस्थामा निर्वाचनको उपयोग गरेर भन्दा बहिस्कार गरेर संसदवादको भण्डाफोर गर्नु उपयुक्त हुने भएकाले उक्त उपनिर्वाचनको ‘सक्रिय बहिस्कार’ गर्ने निर्णय लिइएको जनाएका छन्। हालै भारतले लिएको जम्मु–कश्मीरसम्बन्धी निर्णयको पनि सो बैठकले विरोध गरेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *