विद्यार्थीमा व्यवहारिक ज्ञान बढाउन समृद्धि कलेजले गर्यो ‘समृद्धि फेस्ट’ आयोजना

डिसी नेपाल
२६ साउन २०७६ १६:४६

काठमाडौं । समृद्धि कलेज भक्तपुरले विद्यार्थीहरुमा व्यवहारिक ज्ञान बढाउन ‘समृद्धि फेष्ट’ नामक कार्यक्रम आयोजना गरेको छ।

गत बिहीबार विभिन्न विषयमा अध्ययनरत विद्यार्थीलाई सम्बन्धित क्षेत्रको सैद्धान्तिक तथा व्यावहारिक ज्ञान दिइ उनीहरूलाई सक्षम बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको समृद्धि कलेजले जनाएको छ।

समृद्धि कलेजका प्रिन्सिपल सन्दिप श्रेष्ठले भने, ‘विद्यार्थीमा किताबी ज्ञान भएर मात्र हुँदैन, उनीहरुलाई किताबभन्दा बाहिरको व्यवहारिक ज्ञानको पनि आवश्यक पर्ने हुँदा यो कार्यक्रम गरेका हौं।’

उनका अनुसार समृद्धि कलेजले यस्तो कार्यक्रम पहिलोपटक गरेका हो। विद्यार्थीमा देखिएको उत्साह र सहभागिताले आगामी दिनमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने उनले बताए। यतिमात्र होइन, समृद्धि कलेजका व्यवस्थापनका विद्यार्थीले गरेको कार्यक्रमले त कार्यक्रमको करिब ७५ प्रतिशत खर्च धानेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *