चट्याङबाट एकै परिवारका ३ जना मारिए
हनोइ। भियतनामको उत्तरी भागमा पर्ने येन बाइ प्रान्तका सोमबार परेको चट्याङको कारण एकै परिवारका तीन सदस्य मारिएका छन्।
मारिएका ती व्यक्तिहरुका ५७ बर्षीया एक महिला, उनकी २५ वर्षीया बुहारी र चार महिनाको नाति रहेका छन्।
ती दुई महिलाहरू ट्राम ताऊ जिल्लाको माथिल्लो मैदानमा काम गरिरहेका थिए। यस वर्षको सात महिना भित्र भियतनाममा प्राकृतिक प्रकोपको कारण ३४ जना व्यक्ति मारिएका अथवा बेपत्ता भएका छन्।
यसैगरी सो प्रकोपहरुका कारण १ सय ५६ ओटा घरहरु ध्वस्त भएका छन्। तीन हजार भन्दा बढी घर क्षतिगस्त भएका छन्। तीन हजार ७०० हेक्टर जमिनको धान र अरु वाली नष्ट भएको छ।
प्रत्यक्ष रुपमा २ सय ३९ अर्व भियतनामी डोङ बराबरको रकम नोक्सान भएको देश तथ्याङ विभागले जानकारी दिएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment