३२ बिगाहा जग्गामा बन्दै छ ओभरी शम्शेरगंज पार्क

डिसी नेपाल
२७ साउन २०७६ १८:२०

बाँके । बाँकेको राप्तीसोनारी गाँउपालिका वडा नंं. ८ ओभरीमा पार्क निर्माण हुने भएको छ। राप्तीसोनारी गाँउपालिकाको बिनियोन गरेको ४० लाख रकमले पार्कको सबै संरचनाको काम भइरहेको ओभरी शम्शेरगंज पार्क निर्माण समितिका अध्यक्ष टिकाराम वलीले बताए ।

३२ बिगाहमा फैलिएको पार्क संचालनमा आउन केही समय लाग्नेछ । पार्कको भित्रि भागमा पक्की सडक निर्माण भइसकेको छ ।

पार्कमा गतवर्ष मात्र विभिन्न प्रजातिका विरुवा रोपिएको छ । रक्तचन्दन, कपुर, सतीसाल, श्रीखण्ड, मलेसियन साल तथा कुरिलो, असोगन्धा, सर्पाेगन्धा लगायतका जडिबुटी रोपिएका छन् । पार्कमा भ्युटावर, स्वीमिङ्ग पुल, बोटिंग पिकनिक स्थल, बाल उद्यानलगायत आवश्यक भवन बन्ने तयारीमा रहेको छ ।

बाँके जिल्लाकै नमूना पार्क निर्माण गर्न खोजिएको अध्यक्ष वलीले बताए । पर्यटन प्रवद्र्धनका माध्यमबाट आर्थिक अवस्थामा सुधार ल्याउन तथा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले राप्तीसोनारी ८ ओभरीमा पार्क निर्माण गर्न लागिएको हो। हालसम्म पार्क निर्माणको कार्य ४० प्रतिशत सकिएको छ । पार्क निर्माण पश्चात आन्तरिक तथा बाह्य पर्यटक भित्रिने अपेक्षा गरिएको छ ।

राप्तीसोनारीमा क्षेत्रमा आउने आन्तरिक तथा वाह्य पर्यटकलाई मनोरञ्जन पदान गर्नेछ । अहिले पार्कको पर्खाल, शौचालय, स्वीमिङपुल लगायत भौतिक संरचना निमार्णको काम भइरहेको छ ।

बाँकेको पूर्व पश्चिम राजमार्गमा पर्ने भएकाले पनि पार्क अवलोकन गर्न आउने पर्यटकको संख्यामा वृद्धि हुने स्थानीयले आशा गरेका हुन् । स्थानीय बासीले उक्त पार्कलाई अध्ययन अनुसन्धान गर्ने महत्वपूर्ण गन्तव्यवका रुपमा चिनाउन खोजेका छन् । गाउँपालिका र वडा कार्यालयको प्रयासमा उक्त योजनाको सुरुवात भएता पनि पूर्णता दिनका लागि संघीय सरकार र प्रदेश सरकारको बजेट आवश्यकता रहेको राप्तीसोनारी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष खुमबहादुर बस्नेतले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *