मापसे गरी सवारी चलाउने आठ हजार चालक पक्राउ
कोलम्बो (रासस/सिन्ह्वा) । मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको आरोपमा श्रीलङ्कामा आठ हजार जनालाई पक्राउ गरिएको छ । प्रहरीले सुरु गरेको विषेश कारवाही अभियानका क्रममा पछिल्ला केही हप्तामा उनीहरु पक्राउ परेको अधिकारीहरुले जनाएका छन् ।
गत जुलाई ५ देखि प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनेलाई कारबाही गर्ने विषेश अभियान देशव्यापी सञ्चालन गरेको छ । प्रहरीले सोमबार जारी गरेको वक्तव्यमा अहिलेसम्म ८ हजार १४७ जनालाई पक्राउ गरिएको उल्लेख छ ।
सवारी चालकहरुले मादक पदार्थ सेवा गरेको वा नगरेको परिक्षण गर्न देशभरीका सडकहरुमा हजारौँ प्रहरीको विषेश टोली खटाइएको छ । प्रहरी प्रवक्ता एसपी रुवान गुणसखरले मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई २५ हजार श्रीलङ्काली रूपैँया जरिवाना हुने जानकारी दिए।
श्रीलङ्कामा गत बर्ष सवारी दुर्घटनाका कारणले मात्रै तीन हजार व्यक्तिको मृत्यु भएको तथ्याङ्क देखिएपछि प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी चलाउन नपाउने नियमलाई कडाइका साथ कार्यान्वयन गराउन लागेको हो ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment