१४ वर्षीया किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ

डिसी नेपाल
२८ साउन २०७६ १६:५५

सप्तरी । एक बालिका बलात्कार गरी बेपत्ता भएको आरोप लागेका सप्तरीको शम्भुनाथ नगरपािलका–२ कुशहाका ४० वर्षीय मो. समिर अख्तर पक्राउ परेका छन्।

पीडित १४ वर्षीया बालिकाका बुवाले समिर विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०७५ चैत ११ गते उजुरी दर्ता गराएका थिए।

बेपत्ता समिरलाई घरबाटै गिरफ्तार गरेर आज अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अर्का आरोपित ३० वर्षीय अनवारुल मियाँको खोजी भइरहेको प्रहरी नायव उपरिक्षक भावेश रिमालले बताए।

आरोपितहरुले चैत १० गते बालिकालाई नियन्त्रणमा लिएर बलात्कार गरी चैत ११ गते राजविराजस्थित सागर लजमा छोडेर फरार भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *