आफूहरुले ट्याक्सी सञ्चालन नगरेको पठाओको दाबी
काठमाडौं । पठाओ नेपालले आफूहरुले ट्याक्सी सञ्चालन नगरेको दाबी गरेको छ।
काठमाडौँमा मंगलबार पत्रकार सम्मेलन गर्दै पठाओ नेपालले ट्याक्सी संचालन नगरेको भन्दै आम उपभोक्ता भ्रममा नपर्न आग्रह गरेको छ। पठाओ नेपालले आफूहरुले ट्याक्सी संचालन नगरेको तर भाडामा गुड्ने ट्याक्सीलाई पठाओ एप्लिकेसन मार्फत जोडेको स्पष्ट गरेको हो।
पत्रकार सम्मेलनमा पठाओ नेपाल प्रालिका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले विभिन्न मिडियामा पठाओ नेपालले चार पांग्रे नीजी सवारी साधन मार्फत सेवा सुरु गर्न लागेको भन्ने अफवाह पछि नलाग्न आग्रह गरे।
पठाओको कार लाइट सेवाले ग्राहक सँग बढी पैसा लिएको भन्दै लागेको आरोपको खण्डन गरेको छ। कार लाइट सेवा अन्तर्गत बुकिंग चार्ज भन्दै १०० रुपैया ग्राहकलाई लिन गएको, ग्राहकको चाहना अनुसार प्रतीक्षा गरेको,इन्टरनेट र ट्राफिक जाम लगायतको खर्चलाई एक मुष्ट जोडेर १०० रुपैया लिएको स्पष्ट पारेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment