बलात्कारी बाबालाई अचानक जेलमा चिठीको ओइरो, ११ दिनमा ८ हजार चिठी आए

एजेन्सी। सुनारिया जेलमा आजीवन कारावासको सजाय काटिरहेका बलात्कारी बाबा राम रहिम अहिले हुलाक विभाग र प्रशासनको लागि तनावको कारण बनेका छन् । भोलि १५ अगष्ट रक्षाबन्धनका साथै बाबा राम रहिमको ५२ औं जन्मदिन पनि हो । यही कारण दैनिक हजारभन्दा धेरै बधाइ पत्र र राखी जेलमा ओइरिएका छन् ।

विभागका अनुसार ८ दिनमा करिब ११ हजार चिठी जेलमा पुगिसकेका छन् । ती चिठीलाई १८ बोरामा भरेर बाबालाई दिइएको छ । यसका लागि कर्मचारीलाई निकै परिश्रम गर्नु परेको छ । यी पत्र हरियाणा, पंजाब, दिल्ली, हिमांचल, उत्तराखण्ड लगायतका राज्यबाट आएका छन् । केही विदेशबाट आएका पत्र पनि छन् । चिठीमा कैदी नम्बर र ब्यारेक उल्लेख छैन । ठेगाना सन्त डा. राम रहिम इंसा, सुनारिया जेल, रोहतक लेखिएको छ । गत वर्ष पनि राम रहिमको नाममा १ टन कार्डहरु आएका थिए ।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो