अफगानिस्तानमा हवाई आक्रमण, तेह्र तालिवान लडाकूको मृत्यु

डिसी नेपाल
२९ साउन २०७६ १२:४२

अफगानिस्तान । अफगानिस्तानको दक्षिण भागमा पर्ने कान्दहार प्रान्तको शाह वालिकोट जिल्लामा लुकेर बसेका तालिबान लडाकू्लक्षित मङ्गलबार भएको हवाई कारबाहीका कम्तीमा १३ तालिबान लडाकू मारिएका छन्।

सो प्रान्तका प्रहरी प्रवक्ता जमाल बारिक्जाईले बुधबार जानकारी दिएको छ। शाह वालिकोट जिल्लाको मानो क्षेत्रका लुकेर बसेका तालिबान लडाकूलक्षित सो आक्रमण भएको थियो।

मङ्गबार राति भएको यस हवाई कारबाहीमा परी १३ तालिबान लडाकू मारिनुको साथै अन्य एक घाइते भएका थिए। तालिबान आतङ्ककारी समूहले यस विषयमा कुनै पनि टिप्पणी गरेका छैनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *