काठमाडौंको पाकोबाट ५ जुवाडे पक्राउ

डिसी नेपाल
२९ साउन २०७६ १४:४९

काठमाडौं। प्रहरीले काठमाडौं महानगरपालिका–२२ पाकोबाट जुवातास खेलिरहेका पाँच जनालाई पक्राउ गरेको छ।

सो ठाउँमा बस्ने ४० वर्षीय झलक बहादुर श्रेष्ठको केटिएम वेभ विजनेश प्रालिमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ लगायत ५ जनालाई मंगलबार पक्राउ गरिएको हो।

उनीहरुको साथबाट ७६ हजार रुपैयाँ र १ बुक तास समेत बरामद गरिएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *