एयर इण्डियाको विमान ल्याण्ड गर्ने बेला रनवेमा आवारा कुकुरहरु दौडिएपछि… – Dcnepal

एयर इण्डियाको विमान ल्याण्ड गर्ने बेला रनवेमा आवारा कुकुरहरु दौडिएपछि…

एजेन्सी। गोवा विमानस्थलको रनवेमा मंगलबार आवारा कुकुरहरु दौडिएपछि एयर इण्डियाको मुम्बइबाट आएको उडान ल्याण्ड गर्न सकेन । यो घटनामा जाँचको आदेश दिइएको छ । विमानमा सवार एक यात्री गोविन्द गांवकर नामका यात्रुले ट्वीट गर्दै घटनाबारे बताएका थिए ।

गांवकरले ट्वीटमा लेखे कि उनी मुम्बइबाट गोवा जाने विमानमा थिए । रनवेमा कुकुरहरुलाई देखेर पाइलटले टचडाउनभन्दा केही क्षण पहिले ल्याण्डिङ रोकिदिए । विमान करिब १५ मिनेटपछि ल्याण्ड गर्यो । पाइलटका अनुसार रनवेमा ५–६ कुकुरहरु थिए । यो निकै खतरनाक कुरा हो । विधानसभा बैठकमा पनि पूर्व मुख्यमन्त्री तथा विपक्षी नेता दिगंबर कामतले नागरिक उड्डयन महानिर्देशकसँग यो घटनाको जाँचको माग गरेका छन् ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो