मोदीकाे कार्यकालमा अवसर खेर नफालौं : पूर्व परराष्ट्रमन्त्री लोहनी

डिसी नेपाल
३० साउन २०७६ ०:३२

काठमाडौं । पूर्व परराष्ट्रमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालप्रति चाँसो र मायाभाव दर्शाउने नरेन्द्र मोदी भारतको प्रधानमन्त्री हुनु नेपालका लागि प्रगतिको उत्तम अवसर भएको बताए।

काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अवसरलाई खेर फाल्न नहुने बताए।
भारतको आर्थिक वृद्धि नेपालका लागि अवसर बनेको लोहनीले बताए। नेपालले भारतबाट लाभ लिनसक्ने जलविद्युत, कृषि, प्रविधिलगायतका क्षेत्रहरु रहेको बताए।

जलविद्युत आयोजनाहरु निर्माणमा भारतीय पक्ष अझ चासोका साथ आउनुपर्नेमा जोड दिए। उनले भने, ‘ठूला जलविद्युत आयोजनाहरु बन्न सके नेपाल र भारतको आर्थिक विकासमा अझ योगदान पुग्छ।’
दुवै देशबीच आर्थिक अन्र्तसम्बन्ध मजबुत बनाउँदै राजनीतिक विश्वासको वातावरण निर्माण हुनुपर्नेमा जोड दिए। उनले भने, ‘गहन सरसल्लाह गरेर बढ्न सके नेपाल र भारत दुवैको हित हुन्छ।’

नेपालले भोगिरहेको व्यापार घाटाको समस्या समाधानका लागि निर्यात वृद्धि अनिवार्य रहेको बताए। भारतीय सहभागितामा उत्पादनको साझेदारी हुनसके व्यापार घाटाको समस्या समाधान हुने औल्याए।

नेपालमा भारतले सुरक्षा चासो दिनेगरेको उल्लेख गर्दै नेपालले आफ्नो भूमि भारतविरोधी गतिविधि हुन नदिने सुनिश्चितता गराउनुपर्ने बताए।

भारतले पनि नेपालविरुद्ध भारतीय भूमि प्रयोग नहुने सुनिश्चितता गराउनुपर्ने बताए। दुवै देशबीच विश्वासको वातावरण बढ्न सके एक अर्काको हितमा योगदान पुग्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *