बलात्कार गर्न खोज्नेमाथि खुकुरी प्रहार गरी बालिकाले गरिन आत्मरक्षा

डिसी नेपाल
३० साउन २०७६ ५:५५

धनकुटा । बलात्कार गर्न खोज्ने युवकमाथि खुकुरी प्रहार गरी बालिकाले आत्मरक्षा गरेकी छिन्। झापाको बुद्धशान्ति गाउँपालिकाकी १३ वर्षीया बालिकाले आफूमाथि बलात्कार गर्न खोज्ने धनकुटाको पात्लेखोलाका सन्तोष गुरुङमाथि खुकुरी प्रहार गरी आत्मरक्षा गरेकी हुन्। घटनापछि स्थानीय युवाले गुरुङलाई पक्राउ गरी प्रहरीलाई बुझाएका छन्।

गुरुङले बालिकामाथि यसअघि पनि पटक–पटक बलात्कार गर्दै आएको घटनापछि खुलेको छ। बालिकाकी आमा वैदेशिक रोजगारीका क्रममा ओमनमा छन्। बाबु गाउँमै मजदुरी गर्छन्। दिउँसो कोही नभएका मौका छोपेर घरमा आएर धम्की दिंदै बलात्कार गर्ने गरेको पीडितले बालिकाले बताएपछि घटना सतहमा आएको हो।

गुरुङले बलात्कारका विषयमा कसैलाई सुनाए बाबुलाई मारिदिने र विदेशमा रहेकी आमाको शव बाकसमा ल्याइदिने भन्दै धम्की दिने गरेको पीडित बालिकाको भनाइ छ। बाबुआमालाई मारिदेला भन्ने डरले गुरुङले आफूमाथि गरेको ज्यादतीबारे कसैलाई सुनाउन नसकेको उनको भनाइ छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *