जापानको आओमोरीमा भूकम्प
टोकियो । जापानको उत्तरी प्रान्त आओमोरीमा बिहीबार ५.४ म्याग्नीच्युडको भूकम्प गएको छ।
जापानको मौसम विभागले भूकम्पको धक्का सामान्य रहेकाले सुनामीको चेतावनी नदिइएको जनाएको छ।
स्थानीय समयानुसार बिहीबार बिहान २ः३३ बजे उक्त भूकम्पको कम्पन महसुस गरिएको छ। यस भूकम्पपछि मानवीय र सम्पत्ति क्षतिको हालसम्म कुनै समाचार प्राप्त नभएको समाचारमा जनाइएको छ।
जापान भूकम्पको उच्च जोखिममा रहेको छ । सन् २०११ मा जापानमा गएको ९।० म्याग्नीच्युडको भूकम्प र त्यसपछिको सुनामीमा परी १९ हजारको ज्यान गएको थियो। रासस सिन्ह्वा
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment