तनावका बीच भारत र पाकिस्तानी सेनाबीच फायरिंग, ३ पाकिस्तानी र ५ भारतीय सैनिक मारिए

डिसी नेपाल
३० साउन २०७६ २०:२७

इस्लामावाद (एजेन्सी) । भारतले जम्मू कश्मीरको विशेष दर्जा खारेज गरेपछि भारत र पाकिस्तानबीच तनाव बढेका बेला बिहीबार सीमामा दुबैतर्फबाट गोली चलेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यम एल जजिराका अनुसार एलओसीमा दुईतर्फबाट भएको फायरिंगमा ३ जना पाकिस्तानी सैनिक जवान मारिएका छन् । यस्तै कम्तिमा ५ जना भारतीय सेनाका जवान मारिएका छन्।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जर्नेल आसिफ गफूरले सीमामा दुबैतर्फबाट गोली चलेको ट्वीटरमा जानकारी दिएका छन्। उनले मारिने तीनजना पाकिस्तानी सेनाको तस्वीरसमेत ट्वीटरमा पोस्ट गरेका छन्। उनले फायरिंगमा कम्तिमा ५ जना भारतीय सेनाका जवान मारिएको दावी गरेका छन्। उनले भारततर्फ बनाइएका बंकर पनि पाकिस्तानी सेनाले ध्वस्त बनाएको दावी गरेका छन् ।

यता भारतीय सेनाले भने पाकिस्तानी सेनाका जवानमात्र मारिएको उल्लेख गरेको छ । उसले आफ्ना सैनिक मारिएको स्वीरका गरेको छैन ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *