नेकपाका प्रदेशसभा सचेतकको घरमा आक्रमणको प्रयास

डिसी नेपाल
३१ साउन २०७६ ७:३१

बुटवल। प्रदेश नं ५ प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा गए राति आक्रमणको प्रयास भएको छ।

प्रमुख सचेतक ढकालको घरमा अज्ञात समूहले तीनवटा सिसामा मट्टितेल भरेर प्रहार गरेको र त्यसबाट उनी चढ्ने लु१प ४५६ नंको सरकारी गाडीको पछाडिको भाग जलेर क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक रविनराज मैनालीले जानकारी दिए। राति करीब २ः३० बजेको समयमा मोटरसाइलमा आएको अज्ञात समूहले उक्त आक्रमण गरेको उनले बताए।

नेता ढकाल गम्भीर बिरामी भई केही दिनदेखि काठमाडौँस्थित मेडिसिटी अस्पताल भर्ना भएका छन्। सैनामैना–८ रामापुर कलौनीस्थित ढकालको घरमा पत्नी, बुबा–आमालगायत छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले नेता ढकालको घरमा राति अज्ञात समूहले आक्रमण गरेको जानकारी दिए। अन्य विवरण आउन बाँकी रहेको प्रवक्ता भण्डारीले बताए। रासस


No ads found for this position

प्रतिक्रिया

One thought on “नेकपाका प्रदेशसभा सचेतकको घरमा आक्रमणको प्रयास

Leave a Reply

Your email address will not be published. Required fields are marked *