सैन्य कारबाहीमा तालिबानका कमाण्डर मारिए
काबुल। अफगानिस्तानको पूर्वी प्रान्त लोगारमा भएको एक सैन्य कारबाहीको क्रममा तालिबानका प्रमुख कमाण्डर मवलावी क्युद्रातुल्लाहको मारिएका छन्। शुक्रबार सेनाले प्रकाशन गरेको एक विज्ञप्तिमा सो जानकारी दिइएको छ।
तालिबानको कमाण्डर क्युदरातुल्लाह लोगार प्रान्तमा भएको एक कारबाहीको क्रममा मारिएका हुन्। लोगार प्रान्तको प्रान्तीय राजधानी पुल ए अलामको बाहिरी इलाकामा रहेको पादखाव जिल्लामा अफगान विशेषबलले गरेको एक कारबाहीको क्रममा ती कमाण्डर मारिएका जारी विज्ञप्तिमा जनाइएको छ।
प्रायः अशान्त भईरहने लोगार प्रान्तमा क्युद्रातुल्लाह आतङ्ककारी आक्रमणमा सलग्न रहदै आएका बताइएको छ। (रासस/सिन्हवा)
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment