एक गलत गुगल सर्च अनि महिलाको बैंक ब्यालेन्स रित्तियो

डिसी नेपाल
३१ साउन २०७६ १६:४७

काठमाडौं। पछिल्लो समय धेरैजसोको लागि नजानेका कुरा थाहा पाउने माध्यम गुगल सर्च बनेको छ । तर बैंगलोरकी एक महिलाको लागि भने गुगल सर्च निकै महंगो साबित भयो । ती महिलाले एक गल्तीका कारण पूरै बैंक ब्यालेन्स गुमाइन् ।

ती महिलाले जोम्याटो एपमा कस्टमर केयरको नम्बर नभेटेपछि गुगल सर्च गरिन् । गुगल सर्च गर्दा जुन नम्बर भेटियो महिलाले त्यसमा फोन गरिन् । रिफण्डको रिक्वेस्टको चक्करमा महिलाले आफ्नो बैंक खाताको सबै विवरण दिइन् । केही मिनेटमै उनको बैंकको सबै ब्यालेन्स गायब भयो । खासमा गुगल सर्चमा देखिएको नम्बर जोम्याटोको नभइ अरु कसैको थियो । जोम्याटोले यस्ता नक्कली कल सेन्टरविरुद्ध पुलिमा उजुरी गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *