पाकिस्तानसँग तनावका बीच भारतीय रक्षामन्त्रीको घोषणा ‘परमाणु हतियार प्रयोग सम्बन्धि नीतिमा परिवर्तन हुन्छ’

डिसी नेपाल
३१ साउन २०७६ २०:०८

नयाँ दिल्ली (एजेन्सी) । भारत र पाकिस्तानबीच तनाव बढिरहेका बेला भारतीय रक्षामन्त्री राजनाथ सिंहले परमाणु हतियारबारे एक महत्वपूर्ण अभिव्यक्ति दिएका छन्। भारतको पोखरणमा शुक्रबार आयोजित पूर्व प्रधानमन्त्री स्वर्गी अटल बिहारी वाजपेयीको पहिलो स्मृतिसभाका क्रममा रक्षामन्त्री सिंहले भारतले परमाणु हतियारको प्रयोगबारे नीतिमा परिवर्तन गर्ने बताएका हुन्।

भारतले युद्धको अवस्थामा परमाणु हतियारको प्रयोग आफ्नो तर्फबाट पहिला नगर्ने नीति लिएको छ। रक्षामन्त्री सिंहले भारतले अब सो नीतिबारे समिक्षा गर्ने बताउँदै भारतले पहिला सो हतियार प्रयोग गर्ने नीति लिनेसमेत बताए।

भारतीय रक्षामन्त्रीको यो भनाई उसको परम्परागत दुश्मन पाकिस्तानसँगको सम्बन्ध तनापूर्ण भएको बेला आएको हो। भारत र पाकिस्तान दुबै आणविक हतियार सम्पन्न मुलुक हुन्। भारतसँग भन्दा पाकिस्तानसँग आणविक हतियार धेरै रहेको अनुमान गरिन्छ। यी दुई मुलुकबीच बढ्ने तनावले दक्षिण एसियालाई सँधै अशान्त पार्दै आएको छ।

हालै भारतले जम्मू कश्मीरको विशेषाधिकार खारेज गरेपछि पाकिस्तानले त्यसको कडा विरोध गर्दै आएको छ। पाकिस्तानले भारत र पाकिस्तानबीच युद्ध भए त्यसको जिम्मेवार अन्तर्राष्ट्रिय समूदाय हुने भन्दै धम्की पनि दिइरकेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले रगतको अन्तिम बुँदा बाँकी रहँदासम्म लड्ने चेतावनीसमेत दिएका थिए। केही महिना अगाडि भारतसँग युद्धको अवस्था आए पाकिस्तानले पहिला आणविक हतियार प्रयोग गर्नुपर्ने पूर्व पाकिस्तानी सैन्य शासक परवेज मुर्शरफले बताएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *