इजरायलले रफाहमा हमला गरेपछि अमेरिकाले इजरायल जाने बमको खेप रोक्यो

डिसी नेपाल
२६ वैशाख २०८१ ११:३९

काठमाडौं । अमेरिकाले रफाह हमलालाई ध्यानमा राख्दै इजरायल जाने बमको खेप रोकेको बताएको छ ।

बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीका अनुसार उक्त खेपमा ९०७ केजी तौलका १८०० बम र २२० केजी तौलका १७०० बम थिए।

इजरायलले गाजाको रफाहमा आक्रमण गर्ने कुरा गरेको छ, जसलाई ध्यानमा राख्दै त्यहाँ बस्ने करिब एक लाख मानिसलाई आफ्नो ठाउँ छोड्न भनेको छ।

आक्रमणको चेतावनीसहित सेनाले इजरायली सीमा नजिक पूर्वी क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई खान युनिस र अल-मावासीमा जान आग्रह गरेको छ।

अमेरिकाले रफाहमा शरण लिइरहेका मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने योजना नबनाएसम्म रफाहमा इजरायली आक्रमणलाई समर्थन नगर्ने बताएको छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले धेरै महिनादेखि रफाहमा हमासविरुद्ध ठूलो मात्रामा कारबाही नगरेसम्म युद्धमा विजय हासिल गर्न नसकिने कुरामा जोड दिँदै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *