पहिरोमा १७ जना मजदूर बेपत्ता

डिसी नेपाल
३१ साउन २०७६ २१:३६

बेइजिङ (रासस/एएफपी) । दक्षिणपश्चिमी चीनको एक रेलवे स्टेशन पुनःनिर्माण भइरहेको अवस्थामा आएको पहिरोका कारण कम्तीमा १७ जना मजदूर बेपत्ता भएका राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएको छ ।

पहाडीका इलाकामा रेलको लिक निर्माण कार्यमा संलग्न १७ जना कामदार बेपत्ता रहेका चाइना डेलीले जनाएको छ । सिचुआन प्रान्तको गान्लुओ ग्रामिण इलामा एकदम छिटो सो पहिरो आएको प्रत्यक्षदर्शीले बताएका छन् । रेल निर्माणको निरीक्षण गरिरहेका चीनका रेल अधिकारी चुन कुनले चट्टान र माटो दुई वा तीन सेकेन्डभित्र खसेको र आफूहरु दौडिरहेको बेलामा चट्टानले आफूलाई पछ्याएको महसूस भएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *