बाँकेमा प्रहरीले गोली चलाएर लागू औषध कारोबारीलाई पक्राउ गर्‍यो

डिसी नेपाल
२७ वैशाख २०८१ १०:५९
64
Shares

काठमाडौं। प्रहरीले सामान्य कारवाहीमा पनि गोली प्रहार गर्न थालेको छ। घेराबन्दीमा पारेर पक्राउ गर्नुपर्नेमा गोली खर्च थालेको हो।

यही क्रममा बाँकेको कोहलपुरस्थित चप्पलगौँडा भन्ने स्थानमा गोली प्रहार गरी लागू औषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। आज विहान काठमाडौँबाट खटिएको लागु औषध नियन्त्रण ब्युरोको टोलीले सुशील परियारलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो।

ब्युरोबाट इन्सपेक्टर रुपेश विष्ट र सई बालकृष्ण सञ्जेलको टीमले उनीमाथि गोली प्रहार गरेको हो । ब्युरोका एक अधिकारीले कारोबारी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको जानकारी दिएका छन्। यसअघि सई सञ्जेलको टिमले सिनामंगलमा गोली हानी एक कारोबारी पक्राउ गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *