राष्ट्रसंघको बैठक अगाडि इमरान–ट्रम्प टेलिफोन वार्ता, पाकिस्तानले आफ्नो अडान राख्यो

डिसी नेपाल
३१ साउन २०७६ २१:५९

इस्लामावाद (एजेन्सी)। भारत प्रशासित जम्मू कश्मीरमा भारतले विशेष दर्जा खारेज गर्दै लगाएको कर्फ्युबारे सँयुक्ता राष्ट्र संघको सुरक्षा परिषद्मा गोप्य बैठक शुरु हुनु अगाडि पाकिस्तानी प्रधानमन्त्री इमरान खान र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच टेलिफोन वाता भएको छ।

पाकिस्तानी प्रधानमन्त्री इमरानले फोन गरेर कश्मीर मामिलामा आफ्नो अडान राखेको पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरेशीले एक भिडियो जारी गर्दै जानकारी दिएका छन्। फोन वार्तामा पाकिस्तानी प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपतिलाई विश्वासमा लिएको जानकारी दिइएको छ। यद्यपी ट्रम्पले के भने भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन।

सुरक्षा परिषद्मा यति बेला बैठक भइरहेको छ। बैठक गोप्य भएकाले त्यहाँ के कुरा भयो भन्ने विषयमा केही जानकारी नआएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। उता भारतीय सञ्चार माध्यमहरुले भने चीनले पाकिस्तानलाई साथ दिएको र रुसले भारतलाई साथ दिएको उल्लेख गरेका छन्। तर, पाकिस्तानी सञ्चार माध्यमहरुले ५० वर्षपछि राष्ट्रसंघमा कश्मीर मामिलामा छलफल भएको भन्दै यसलाई पाकिस्तानको जितका रुपमा ब्याख्या गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *