आगलागीबाट ६५ लाखको क्षति

डिसी नेपाल
३२ साउन २०७६ १०:१९

घोराही । दाङको लमही नगरपालिका–५ स्थित विश्वास काष्ठ फर्निचर उद्योगमा गएराति आगलागी हुँदा करीब रु ६५ लाखको क्षति भएको छ।

उद्योग सञ्चालक रविलाल आचार्यका अनुसार मध्यरातमा एक्कासी आगो लागेपछि सबै सामान जलेर नष्ट भएको छ।

“मध्यरातमा आगो लाग्दा नियन्त्रण गर्न धौधौ भयो”, उनले भने। विद्युत् सर्ट हुँदा आगलागी भएको हुन सक्ने आचार्यको अनुमान छ।

लमही नगरपालिकाको दमकल, पानी ट्याङ्कर, स्थानीयवासी, प्रहरीलगायतको सक्रियतामा आगो निभाइएको थियो। रासस


No ads found for this position

प्रतिक्रिया

One thought on “आगलागीबाट ६५ लाखको क्षति

Leave a Reply

Your email address will not be published. Required fields are marked *