बरिष्ठ कलाकार सुभद्रा अधिकारीको शव आर्यघाट लगियो, हेर्नुहोस् ६ तस्वीर

डिसी नेपाल
३२ साउन २०७६ १३:५६

काठमाडौं। नेपाली चलचित्र उद्योगकी बरिष्ठ कलाकार सुभद्रा अधिकारीको पार्थिव शरीरलाई पशुपति आर्यघाटतर्फ लगिएको छ । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कारको कार्यक्रम छ । सुभद्राको अन्तिम समयमा उनका छोरा सुनिल मात्र उनको साथमा थिए । परिवारका अरु सदस्य मनकामना गएका थिए ।

शवलाई छोरा सुनिलले नै पशुपति आर्यघाट लैजाने र बाँकी सदस्य सिधै आर्यघाट जाने तय भएको छ । आर्यघाटमै उनको लागि श्रद्धाञ्जलीको कार्यक्रम राखिएको छ । त्यसपछि उनको अन्तिम संस्कार हुनेछ । अधिकारीको आज ७३ वर्षको उमेरमा निधन भएको हो । अधिकारीको आज बिहान डल्लुस्थित आफ्नै निवासमा निधन भयो । यो दुखद् खबरले नेपाली कलाक्षेत्रसँगै आम नेपाली स्तब्ध भएका छन् । डिसीनेपालकर्मी आर्यन धिमालले खिचेका फोटोमा हेर्नुहोस् यसरी शवलाई आर्यघाटतर्फ पठाइएको थियो –




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *