राष्ट्रिय प्रजातन्त्र पार्टीको बझाङ–काठमाडौं सम्पर्क समाज गठन
काठमाडौं । बझाङबाट काठमाडौं आई विभिन्न पेशा व्यवसाय गरेर बसेका राष्ट्रिय प्रजातन्त्र पार्टी सँगआवद्ध व्यक्तित्वहरुको भेलाले बझाङ–काठमाडौं सम्पर्क समाज गठन गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री एवं सम्पर्क समाज समन्वय विभाग प्रमुख भास्कर भद्रा, सुदूरपश्चिम प्रदेश अध्यक्ष श्याम बहादुर शाहीलगायतका नेताहरुको उपस्थितिमा पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न भेलाले सृजन लाल चन्दको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो।
नवगठित समितिको उपाध्यक्षमा राजेश वि.सी. र प्रकाश सिंह, सचिवमा मुकेश चनारा, सहसचिवमा रमा चनारा तथा कोषाध्यक्षमा रेखा वि.सी. रहेका छन्।
यसैगरी सदस्यहरुमा रोशन वि.सी. नरेश दौत्याल, विवेक थापा, नविन दौत्याल, प्रशान्त चन्द, किशोर सिंह, कमल खड्का तथा सल्लाहकारहरुमा महेश बहादुर सिंह, पदम वोहरा र प्रेम बहादुर वि.सी. रहेका छन्।
नवगठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले टिका लगाएर स्वागत गर्दै पार्टीले अघि सारेका एजेण्डाहरुलाई जनताको घरदैलोमा पुर्याउँदै विभिन्न सामाजिक कार्य गर्न समाज कोशेढुंगा सावित हुनेमा आफू आशावादी रहेको बताए।
नवगठित समितिलाई बधाई तथा शुभकामना दिँदै महामन्त्री एवं सम्पर्क समाज समन्वय विभाग प्रमुख भास्कर भद्राले गठन हुन बाँकी रहेका जिल्लामा पनि सम्पर्क समाज गठनको प्रत्रिया सुरु भैसकेको बताउँदै पार्टीको एजेण्डालाई जनसमक्ष पुर्याउन सम्पर्क समाजको अहम् भूमिका रहने बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment