नगरपालिकाले अस्पताल व्यवस्थापन समिति पुर्नगठन गरेकोमा क्यान्सर अस्पतालको आपत्ति

डिसी नेपाल
३२ साउन २०७६ १८:१३

काठमाडौं । भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिले अस्पताल व्यवस्थापन समितिका अध्यक्षलगायत सदस्यहरुमा बदनियतपूर्वक लांक्षना लगाउने कार्य भएकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त संस्थाले यस्तो स्पष्ट पारेको हो। संस्थाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हालको परिस्थितिमा एउटा पारिवारीक वातावरणमा सुमुधर सम्वन्धबीच अस्पताल व्यवस्थापनमा कर्मचारी र व्यवस्थापनबीच रहेको असल सम्वन्धमा एक्कासी असहज वातावरण श्रृजना गरी कपोलकल्पित आरोपहरुको समाचारहरु पत्रिकामार्फत सम्पे्रषण गरी स्वास्थ्य सेवाजस्तो सम्वेदनशील क्षेत्रमा राजनैतिक क्रियाकलाप सञ्चालन भएकोमा हामीलाई दुःख लागेको छ ।’

कार्यक्रममा संस्थाका अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठले अस्पतालमा कार्यरत केही कर्मचारी, डाक्टरहरुले आफ्नो व्यक्तिगत स्वार्थ र राजनैतिक स्वार्थको लागि अस्पताल एवं व्यवस्थापन समितिसँग बिना वार्ता एवं छलफल अस्पताल कर्मचारीहरुको मात्र एकतर्फि कुरा सुनि भक्तपुर नगरपालिकाले वर्तमान अस्पताल व्यवस्थापन समितिलाई पुर्नगठन गरेकोमा आपत्ति जनाए।

भक्तपुर क्यान्सर अस्पतालको सेवा निर्वाध एवं बाधा व्यवधान बिनानै सुचारु होस भन्ने कुरामा आफूहरु अत्यन्त सम्वेदनशील हुदै सहकार्य, वार्ता र सम्वादको माध्यमबाट टुंगोमा पुग्न व्यवस्थापन समितिका पदाधिकारीहरु तयार रहेको अध्यक्ष श्रेष्ठले विश्वास दिलाए। आफूहरु कानुनी लडाई लड्ने तयारीमा रहेको पनि श्रेष्ठको भनाई छ।

भक्तपुर नगरपालिकाले आफ्नो छुटृै व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेपनि आफूहरुको मौजुदा व्यवस्थापन समिति यथावत रहेको पनि उनीहरुले जनाएका छन् । नयाँ व्यवस्थापन समिति गठन भएको सम्वन्धि समाचारको भ्रममा नपरि अस्पतालको नियमित सेवा निरन्तर प्रवाह हुने सम्पूर्ण बिरामी तथा सर्वसाधारणहरुलाई जानकारीको लागि अनुरोध गर्दछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *