बेलायतमा खिचिदै बैरागको ‘कैदीको पत्र’

डिसी नेपाल
३२ साउन २०७६ १९:३४

काठमाडौं । साहित्यकार सनमकुमार बैरागले अर्का साहित्यकार स्व. इश्वर मानन्धरको चर्चित कथा ‘कैदीको पत्र’ मा फिल्म निर्माण गरिरहेका छन्।

२६ जुलाईबाट बेलायतका बिभिन्न स्थानमा सुटिङ भइरहेको ‘कैदीको पत्र’ को निर्देशन बैराग आफैले गरेका छन्। त्यति मात्रै होइन फिल्मको पटकथा, सम्वाद र गीत पनि उनी स्वमय्ले लेखेका हुन्।

अध्ययनको क्रममा नेपालबाट बेलायत पुगेको एक युवकको स्कटीस युवतीसँगको प्रेम र त्यसबाट सृजना भएको बिषम परिस्थितिको बिषयमा रहेको फिल्मको एउटा गीतको छायांकनमा क्रममा गत सोमबार बेलायतका राजदुत साहित्यकार दुवसु क्षेत्री उपस्थित भएका थिए। राजुदूत क्षेत्री सुटिङ स्थलमा उपस्थित भइ आफूहरुको हौसला बढाएको निर्देशक बैरागले बताएका छन्।

‘महामहिमज्यूले कथाकार इश्वर मान्नधरको कृतिलाई मुर्हरुप दिनका लागि आफू सुटिङमा उपस्थित भएको बताउनु भयो,’ निर्देशक बैरागले भने, ‘उहाँ मेरो जिगिषा र भीमसेन थापा नाटकबाट प्रभावीत हुनुहुन्थ्यो । त्यसकारण हौसला बढाउनका लागि सहभागी हुनुभएको हो। उहाँको साथले खुशी मिलेको छ।’

फिल्ममा म्याडिसन लाजारस, कुनाल विश्व, सलिना थापा मगर, पृथ्वी क्षेत्री, किरण कार्की, क्यारी डुड्स, चरण प्रधान, मनिष श्रेष्ठ, सुस्मिता थापा, सुवर्ण थापाले अभिनय गरेका छन्। रामेश्वर कार्कीको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, सुरेश सेन्चुरी र बिनम्र कर्माचार्यको संगीत रहेको फिल्मको मुख्य सहायक निर्देशक रामशरण कोइराला र सहायक निर्देशक सुस्मिता थापा हुन्।

कलिना–रुबिन श्रेष्ठ, हिराल आमीन जोशी र दिल घले निर्माता रहेको फिल्मको हालसम्म ५० प्रतिशत छायांकन सकिएको जानकारी निर्देशक बैरागले दिएका छन्। फिल्म सुटिङका लागि केही साताअघि प्राबिधिकको एक काठमाडौंबाट टोली बेलायत उडेको थियो।

हालसम्म स्कटल्याण्डको क्रिफ, आवरफेल्दी, केनमोर, किलिङ्ग, ग्लास्को, ओवनलगायतका स्थानमा सुटिङ गरिएको ‘कैदीको पत्र’ को छायांकन सकिन अझै दुई साता बढी समय लाग्ने बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *