अन्धुवाखोलामा डुबेर बालकको मृत्यु

डिसी नेपाल
३२ साउन २०७६ २०:१०

झापा । झापाको बिर्तामोडमा आज एक बालकको डुबेर मृत्यु भएको छ।

अन्धुवाखोलामा डुब्दा बिर्तामोड नगरपालिका–३ निवासी रोशन बेस्राको दुई वर्षीय छोरा अजितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

घर नजिकै खेल्ने क्रममा उनी अन्धुवाखोलामा खसेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

बेस्राको खोला नजिकै घर रहेको र खेल्ने क्रममा आज अपराह्न बालक खोलामा झरेको बताइएको छ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *