पाकिस्तानमा कश्मीर कमिटिको पहिलो बैठक, के भयो छलफल?

डिसी नेपाल
३२ साउन २०७६ २२:५१

इस्लामावाद (एजेन्सी) । भारतले कश्मीरको विशेष दर्जा खारेजपछि भारत र पाकिस्तानबीच बढिरहेको तनाव आगामी दिनमा अझ बढ्न सक्ने देखिएको छ। यही अगस्ट ५ मा भारतले जम्मू कश्मीरलाई विशेषाधिकार दिन संविधानमा व्यवस्था गरिएको धारा ३७० खारेज गरेपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ७ अगस्टमा पाकिस्तानमा कश्मीर कमिटि बनाए।

सो कमिटिको शनिबार पहिलो बैठक भएको छ। बैठकको अध्यक्षता विदेशमन्त्री शाह महमुद कुरेशीले गरेको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् । बैठकपछि बोल्दै विदेशमन्त्री शाहले कश्मीर मामिलामा आगाडि कसरी बढ्ने भन्ने विषयमा छलफल भएको पत्रकारहरुलाई जानकारी दिएको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन्। बैठकमा कश्मीर मामिलामा देश एकजुट रहेको उल्लेख गर्दै संसदले पारित गरेको प्रस्ताव अनुसार अगाडि बढ्ने बताए। ६ अगस्टमा पाकिस्तानी संसदको सँयुक्त बैठक भएको थियो । जसले कश्मीरको विशेषाधिकार खारेज गरे भारतीय निर्णय अस्वीकार गरेको थियो।

बैठकमा पाकिस्तानी गुप्तचर संस्था आईएसआईका प्रमुख जनरल फैज हमीद लेफ्टिनेंट जनरल फैज हमीद, सेनाका मेजर जनरल आसिफ गफूर, कानून मन्त्री नसीम, प्रधानमन्त्री इमरान खानका विशेष सल्लाहाकार फिरदौस आशिक, अटर्नी जनरल अनवर मंसूर खान सहभागी थिए।

यसैबीच पाकिस्तानी विदेशमन्त्री कुरेशीले भारतीय रक्षामन्त्री राजनाथ सिंहले आणविक हतियारको प्रयोगबारे दिएको बयानबारे पनि प्रतिक्रिया दिएका छन्। उनले आणविक हतियार पाकिस्तानसँग पनि रहेको उल्लेख गर्दै त्यसको प्रयोग हुन सक्ने बताएका छन् । उनले तर, युद्धको अवस्था आउन नहुनेसमेत बताएका छन्। सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले भने कडा प्रतिक्रिया दिएका छन् । परम्परागत युद्धको समय नरहेको आफुलाई पनि थाहा भएको भन्दै कश्मीर आणविक हतियारको प्वाइन्टमा रहेको सबैलाई थाहा भएको बताए । उनले आणविक हतियारबारे भारतीय रक्षामन्त्रीको भनाईलाई अन्तर्राष्ट्रिय समूदायले गम्भीरताका साथ लिनुपर्ने बताए।




प्रतिक्रिया

One thought on “पाकिस्तानमा कश्मीर कमिटिको पहिलो बैठक, के भयो छलफल?

Leave a Reply

Your email address will not be published. Required fields are marked *