विवाह समारोहमा आत्मघाती बम विष्फोट हुँदा ६१ जनाको मृत्यु, १७१ घाइते

डिसी नेपाल
१ भदौ २०७६ १०:२२

काबुल। अफगानिस्तानको काबुलमा शनिबार एक विवाह समारोहमा आत्मघाती विष्फोट भएको छ । विष्फोटमा ६१ जनाको मृत्यु भएको र १७१ जना घाइते भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । अफगानी पत्रकार बिलाल सरवरीका अनुसार हजारा समुदायको विवाहमा विष्फोट भएको थियो । दारुलमान क्षेत्रमा घटना भएको बताइएको छ ।

यो क्षेत्रमा अल्पसंख्यक शिया हजारा समुदायका मानिसहरुको बाक्लो बस्ती छ । गृह मन्त्रालयका प्रवक्ता नुसरत रहीमीका अनुसार घटना शनिबार राती स्थानीय समयअनुसार १० बजेर ४० मिनेट जाँदा भएको थियो । प्रत्यक्षदर्शीका अनुसार विष्फोटको बेला वेडिङ हलमा पाहुनाहरु थिए । घाइतेहरुलाई नजिकका अस्पतालमा भर्ना गरिएको छ । अहिलेसम्म कुनै आतंकवादी संगठनले जिम्मेवारी लिएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *